नेपाल क्लियरिङ्ग हाउसले पायो ‘बेष्ट प्रिजेन्टेड अवार्ड’

  २०७७ साउन १ गते १९:२४     विकासन्युज


काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लि. (एनसीएचएल)ले ‘बेष्ट प्रिजेन्टेड अवार्ड’ पाएको छ । एनसीएचएललाई सन् २०१९ का लागि सार्वजनिक क्षेत्रको विधातर्फ पहिलो स्थानको पुरस्कार प्रदान गरिएको हो ।

एनसीएचएलले आर्थिक वर्ष २०७५/७६ को लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदनको आधारमा इन्टिच्युट अफ चार्टर्ड अकाउन्टेन्टस् अफ नेपाल (आईक्यान) द्वारा सञ्चालन गरिएको वार्षिक कार्यक्रममा सो पुरष्कार प्रदान गरिएको हो ।

गत वर्ष पनि सोही विधा अन्तर्गत एनसीएचएलले दोश्रो स्थानको पुरष्कार प्राप्त गर्नुका साथै सार्क क्षेत्रमा ‘साफा बेष्ट प्रिजेन्टेड एनन्युअल रिपोर्ट अवार्डस्’ अन्तर्गत सार्वजनिक क्षेत्रको विधातर्फ “सर्टिफिकेट अफ मेरिट” पनि प्राप्त गरेको थियो ।

कर्पोरेट गभर्नेन्स तथा पारदर्शितालाई सधै आत्मसात गर्दै आएको एनसीएचएल, नेपाल राष्ट्र बैंक तथा बैंक वित्तिय संस्थाहरुद्वारा प्रवद्र्धित कम्पनी हो । सर्वसाधारण बीच डिजिटल भुक्तानी कारोबारको क्षेत्रमा विश्वसनियता कायम गर्न पारदर्शिता निकै महत्वपूर्ण रहेको एनसीएचएलको विश्वास छ । एनसीएचएलले हरेक वर्ष पारदर्शि रुपमा सार्वजनिक गर्दै आएको वार्षिक प्रतिवेदन तथा वित्तिय डिस्क्लोजर तर्फको प्रतिवद्धताको सम्मान स्वरुप उक्त अवार्डलाई लिएको छ ।

नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी एनसीएचएलको एनसीएचएल ईसीसी, एनसीएचएल आईपीएस, कनेक्ट आईपीएस, इ पेमेन्ट, कनेक्ट आरटीजीएस र नेशनल पेमेन्ट इन्टरफेस(एनपीआई) प्रणाली सञ्चालनमा रहेका छन् । साथै यसले आफ्ना भुक्तानी प्रणालीहरुमा बैंक तथा वित्तीय संस्थाहरू वाहेक विभिन्न इन्स्योरेन्स, रेमिट्यान्स, पिएसपी/पिएसओ, सरकारी तथा अर्ध-सरकारी संस्थाहरुलाई इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध गराई सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.