आशा लघुवित्तले ग्राहक सदस्यका छोरा छारीलाई दियो छात्रवृत्ति

  २०७७ साउन १ गते १६:४६     विकासन्युज

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले आफ्नो ग्राहक सदस्यहरुको छोरा छारीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । संस्थाले गत वर्ष जस्तै यस वर्ष पनि शाखा कार्यालयहरुमा प्राप्त निवेदनको आधारमा दाबि परेकाहरु मध्येबाट उत्कृष्ट अङ्ख ल्याई उत्तीर्ण भएका ग्राहक सदस्यहरुको छोरा छारीहरुलाई छात्रवृत्ति दिएको हो ।

संस्थाले प्रत्येक आर्थिक वर्षमा देश भरको सम्पूर्ण शाखा कार्यालयहरु मार्फत प्रति शाखा १ जनाको दरले ग्राहक सदस्यहरुको छोरा वा छोरीहरुले १० जोड २ को परीक्षामा शाखा कार्यालय अन्तर्गत उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुनेलाई छात्रवृत्ति प्रदान गर्दै आईरहेको छ । सोही अनुरुप यस वर्ष पनि संस्थाले उक्त कार्यलाई निरन्तरता दिएको हो ।

वित्तीय संस्थाले ग्राहक संरक्षण कोष मार्फत क्रमशः शाखा कार्यालयहरु सिसहनिया दाङ, बेलौरी कञ्चनपुर, देबिघाट नुवाकोट, कोहलपुर बाँके, बज्रबाराही मकवानपुर र सेमरा रुपन्देहीमा आवद्ध रहेका ग्राहक सदस्यहरुको छोरा छोरीहरुलाई छात्रवृत्ति प्रदान गरेको जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृत प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘बिपन्नका निम्ति आशा’ भन्ने मुल नाराका साथ ककनी-६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार शुरु गरेको हो ।

हालसम्म वित्तीय संस्थाले २९ वटा जिल्लाहरुमा ५५ वटा शाखा कार्यालयहरु मार्फत करीब ५६ हजार सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । त्यस्तै, हालसम्म करीब २ अर्ब ३८ करोड रुपैयाँ कर्जा लगानीमा रहेको संस्थाले सदस्यहरुबाट ८० करोड रुपैयाँभन्दा बढी निक्षेप समेत संकलन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.