बिहिबार काठमाडाैं उपत्यकामा १ जना मात्र कोरोना संक्रमित थपिए

  २०७७ साउन १ गते १६:३२     विकासन्युज

काठमाडाैं ।  काठमाडौं उपत्यकामा १ जना मात्र कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा १ जना कोरोना संक्रमित थपिएकाे बताए ।

संक्रमित काठमाडाैंकाे १ जना रहेकाे गाैतमले बताए । याेसँगै उपत्यकामा काेराेना संक्रमण पुष्टि भएकाे स‌ंख्या ३ सय ६६ पुगेकाे छ जसमा काठमाडाैंकाे २ सय ३७, ललितपुरकाे ७६ र भक्तपुरकाे ४५ जना रहकाे छन् ।

आज नेपालमा १ सय ६७ जना काेराेना संक्रमित थपिएका छन् भने २१३ जना संक्रमित निकाे भएर घर फर्किएका छन् । नेपालमा काेराेना संक्रमितकाे स‌ंख्या १७ हजार ३ सय ४४ पुगेकाे छ भने कुल निकाे भएर घर फर्किनेकाे संख्या ११ हजार २ सय ४९ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३९ जको मृत्यु भइसकेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.