नेपालमा थप १ सय ६७ जनामा कोरोना पुष्टि, २१३ जना डिस्चार्ज

  २०७७ साउन १ गते १६:२७     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा १ सय ६७ जनामा कोराेना भाइरस देखिएको बताए ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या १७ हजार ३ सय ४४ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या ११ हजार २ सय ४९ रहेकाे छ । अर्थात हाल ६ हजार ५६ सकृया कोरोना संक्रमित रहेका छन् । हालसम्म नेपालमा काेराेनाकाे कारण ३९ जनाको मृत्यु भइसकेकाे छ ।

कतिकाे परीक्षण ?

हालसम्म ३ लाख ३ हजार ८ सय १० काे पिसिआर विधि र ३ लाख १२ हजार ४ सय २ जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ ।

हाल देशभर २३ हजार ५ सयजना क्वारेन्टिनमा रहेका छन् भने ६ हजार ५६ जना आईसाेलेसनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.