आइसिएफसि फाइनान्सले ल्यायो क्रमिक मुद्दती खाता, यी सुविधामा छुट पाइने

  २०७७ साउन १ गते १३:३४     विकासन्युज

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले आफ्नो १६औं वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकवर्गहरुमा क्रमिक मुद्दती खाता सुरुवात गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले एक समारोहबीच उक्त क्रमिक मुद्दती खाताको सुरुवात गरेका हुन् ।

नँया क्रमिक मुद्दती खाता खोल्दा ग्राहकलाई डिम्याट खाता, डेबिट कार्ड, मोबाईल बैंकिङ्ग, ई-बैंकिङ्ग तथा लकर सुविधाहरु पहिलो वर्षका लागी निशुल्क उपलब्ध गराइने छ । यस खाता खोल्न फाइनान्सको कुनै पनि शाखा कार्यालयबाट सम्पर्क गर्न सकिने संस्थाले जनाएको छ ।

यस फाइनान्सले हालसम्म १८ वटा शाखा, १ वटा एक्सटेन्सन काउण्टर र १७ वटा ए.टि.एम. मार्फत आफ्ना ग्राहकलाई सेवा दिईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.