६ कम्पनीले प्रिमियममा एफपीओ बेचेर ७ अर्ब १३ करोड लाभांश बाढ्दा २ अर्ब १३ करोड राजस्व गुम्यो

  २०७७ असार ३१ गते १९:१६     विकासन्युज

काठमाडौं । महंगोमा सर्वसाधारणलाई थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गरेरे सेयरधनीले लाभांश खाने गरेको तथ्य नेपालका लागि नौलो होइन । नौलो त के भयो भने यसरी वितरण गरिएको लाभांशमा सरकारी करसमेत गुमेको रहेछ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत ६ कम्पनीले महंगो मूल्यमा एफपीओ विक्री गरेर लाभांश बाढेको र त्यसरी लाभांश वाडिदा सरकारी राजस्व समेत गुमेको तथ्य सार्वजनिक भएको छ । ती कम्पनीले आर्थिक वर्ष २०७४÷७५ र २०७५÷७६ मा बोनस सेयर वितरण गर्दा राजस्व नतिरेको पाइएको हो ।

महालेखा परीक्षकको कार्यालयले गत आर्थिक वर्षको लेखापरीक्षण गर्दा यस्तो तथ्य फेला परेको बताएको छ । ती कम्पनीले ७ अर्ब १३ करोड २३ लाख रुपैयाँ बराबरको लाभाश वितरण गरेका थिए । यसरी लाभांश वितरण गर्दा २ अर्ब १३ करोड ९७ लाख रुपैयाँ राजस्व गुमेको महालेखाको भनाइ छ ।

‘बोनस सेयरको रुपमा ७ अर्ब १३ करोड २३ लाख लाभांश वितरण गरेकोले सो रकमलाई आयकर ऐन २०५८ को दफा ७ (२) (ज) बमोजिम आयमा समावेश गरी ३० प्रतिशतले हुने कर २ अर्ब १३ करोड ९७ लाख शुल्क एवम् व्याजसमेत छानविन गरी असुल गर्नुपर्छ,’ महालेखाले भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.