घरेलु लघुवित्तले मृतक परिवारलाई दियो क्षतिपुर्ती रकम

  २०७७ असार ३१ गते १७:४६     विकासन्युज

काठमाडौं । घरेलु लघुवित्त वित्तिय संस्थाले मृतक परिवारलाई क्षतिपुर्ती रकम प्रदान गरेको छ । संस्थाको शाखा कार्यालय फेटा बाराबाट गठित केन्द्र नं. ०१ की सदस्य श्रीमती लालमुनि देवी र निजको श्रीमान जोगेन्द्र रावत विनको मृत्यु पश्चात उनका देवरानी श्रीमति भागो कुमारी देवीलाई र सोही केन्द्रका अर्को सदस्य श्रीमति भागो कुमारी देवीको श्रीमानको मृत्यु पश्चात दिइने काजक्रिया खर्च समेत एक कार्यक्रमका बीच बीमाको क्षतीपुर्ती रकम उपलब्ध गराएको हो ।

सदस्य श्रीमती लालमुनि देवीले संस्थाबाट ६० हजार रुपैयाँ कर्जा लिएकोमा निजको मृत्यु पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज रकम मिनाहा गरेको र कर्जा बीमा अन्तर्गत सदस्य तथा श्रीमानको मृत्यु पश्चात दिइने १५ हजार रुपैयाँ बराबरको काजक्रिया खर्च र श्रीमती भागो कुमारी देवीको श्रीमानको मृत्यु पश्चात दिइने ५ हजार रुपैयाँ काजक्रिया खर्च हस्तान्तरण गरीएको थियो ।

संस्थाले आफ्ना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र उनीहरुलाई आपतकालीन अवस्थामा टेवा पुर्याउने उद्देश्य अनुरुप विभिन्न कार्यक्रम तथा सहयोग रमक हस्तान्तरण गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.