नेपाल एसबिआई बैंकका ग्राहकलाई टेस्ला क्लिनिकमा विशेष छुट

  २०७७ असार ३१ गते १७:२०     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकका ग्राहकलाई टेस्ला डायग्नोस्टिक क्लिनिक प्रा. लिमा १० प्रतिशतसम्म छुट हुने भएको छ । एसबिआई बैंकका भिसा डेबिट कार्ड बाहक ग्राहकलाई लक्षित गरी उक्त क्लिनिकले कार्ड प्रयोग गरे बापत उक्त छुट दिने भएको हो ।

क्लिनिकले उक्त ग्राहकलाई प्याथोलोजी तथा रेडियोलोजी सेवामा १० प्रतिशत र फार्मेसी सेवामा ५ प्रतिशतदेखि १० प्रतिशत छुट प्रदान गर्ने गरी एसबिआई बैंकसँग सम्झौता गरेको हो ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकले परिचयपत्र सहित कार्ड प्रयोग गर्दा लिने निश्चित सुविधामा सो छुट पाउनेछन् । उक्त सम्झौतामा बैंकका प्रमुख व्यवसाय प्रवर्धन अधिकृत छपि राज पन्त तथा टेस्ला डायग्नोस्टिक क्लिनिकका प्रमुख कार्यकारी अधिकृत रिन्कु श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.