ईजीलिंक रेमिटेन्स नेपाल क्लियरिङ्ग हाउसमा आवद्ध, अब रेमिटेन्स कारोबार सिधै बैंकमा जम्मा हुने

  २०७७ असार ३१ गते १७:००     विकासन्युज

काठमाडौं । ईजीलिंक रेमिटेन्स प्रा.लि.ले नेशनल पेमेन्ट्स इन्टरफेस(एनपीआई)को प्रयोग गरी रेमिटेन्स कारोबारहरु सिधै लाभग्राहीहरुको बैंक खातामा जम्मा हुने गरी सुविधा दिन अप्रत्यक्ष सदस्यको रुपमा नेपाल क्लियरिङ्ग हाउसमा आवद्ध भएको छ ।

यो व्यवस्थासँगै ईजीलिंक रेमिटेन्सका भुक्तानीका कारोबारहरु कनेक्ट आईपीएस ई पेमेन्ट प्रणाली मार्फत रियल टाइममा तुरुन्तै भुक्तानी गर्न सकिन्छ भने अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली एनसीएचएल आईपीएस मार्फत तोकिएको समय सीमामा समेत भुक्तानी कारोबारहरु गर्न सकिनेछ । यस साझेदारीले बैंक खातामा आधारित रेमिटेन्सको लागि ईजीलिंकको सेवा प्रवाहमा उल्लेख्य सुधार ल्याउने अपेक्षा गरिएको छ ।

विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीआई मार्फत हाल उपलब्ध कनेक्ट आईपीएस र एनसीएचएल आईपीएसको सञ्जालमा क्रमश ५२ र ६३ सदस्य बैंक तथा वित्तिय संस्थाहरु आवद्ध रहेका छन् । एनसीएचएलले एनसीएचएल ईसीसी, एनसीएचएल आईपीएस, कनेक्ट आईपीएस इपेमेन्ट, कनेक्ट आरटीजिएस र एनपीआई प्रणालीहरु सञ्चालन गर्दै आएको छ ।

साथै यसले आफ्ना भुक्तानी प्रणालीहरुमा विभिन्न इन्स्योरेन्स, रेमिट्यान्स, पिएसपी/पिएसओ , सरकारी तथा अर्ध-सरकारी संस्थाहरुलाई इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आवद्ध गराई सेवा प्रदान गर्दै आएको छ । यसमा हाल आईएमई लिमिटेड, सिटी एक्सप्रेस मनि ट्रान्सफर, जीएमई रेमिट, भाटभटेनी रेमिट, क्याशवे मनि ट्रान्सफर, आईपे रेमिट र ललित मनि ट्रान्सफर गरी ७ भन्दा बढि रेमिटेन्स कम्पनीहरु समावेश छन् भने अन्य ३४ गैर-बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् जसमा पिएसपी÷पिएसओ, इन्स्योरेन्स कम्पनीहरु, रेमिटेन्स, मर्केन्ट बैंक, सरकारी तथा अर्ध-सरकारी संस्थाहरु रहेका छन् ।

ईजीलिंक रेमिटेन्स प्रा.लि सन् १९९९ मा स्थापना भएको अग्रणीे रेमिटेन्स कम्पनी हो । यसले सुरक्षित, छिटो र भरपर्दो माध्यमबाट विदेशबाट नेपालमा रेमिटेन्स पठाउन योगदान पुर्याउँदै आइरहेको छ । यसले उचित शुल्कमा गुणस्तरीय रेमिटेन्स सेवा पुर्याउने उद्देश्यका साथ नेपाल भित्र र बाहिर विभिन्न साझेदारी गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.