चौंथो वर्षमा प्रवेश गरेकाे अवसरमा स्पर्स लघुवित्तले गर्यो विभिन्न कार्यक्रम

  २०७७ असार ३१ गते १६:३१     विकासन्युज

काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्था स्थापनाको तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । “उधमशीलता संगै आत्मनिर्भरता” भन्ने मुल नाराका साथ  स्थापना भएकाे यस संस्था असार २९ गतेका दिनदेखि चौथो वर्षमा लागेको हो ।

यस उपलक्ष्यमा संस्थाले विभिन्न कार्यक्रमहरु आयोजना गरी सम्पन्न गरेको छ । संस्थाले सञ्चालनमा रहेको २० वटै शाखा कार्यालयहरु मार्फत सदस्यहरुलाई हात धुने साबुन तथा सेनीटाइजर वितरण गरेको छ ।

संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को लक्षण, रोकथाम तथा सावधानी बारे प्रत्येक केन्द्रमा जनचेतनामुलक सामग्रीहरु वितरण गरेको छ ।

साथै, यस प्रकोपबाट आफु पनि बाँच्न र अरुलाई पनि बचाउन बिशेष गरि सर सफाइमा ध्यान दिनुपर्ने भएकोले पटक पटक साबुनपानीले हात धुनुपर्छ भन्ने भावनाको विकास गराउँदै संस्थाले सदस्यलाई हात धुने सावुन तथा केन्द्रमा सेनीटाइजर वितरण गरेको छ । संस्थाको १० जिल्लामा करिब १७ हजार ५०० सदस्य रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.