अब डिजिटल बैंकिङ कारोबार गर्दा पैसा लाग्ने, भाेलिदेखि नै लागू हुने

  २०७७ असार ३१ गते १६:०२     विकासन्युज

काठमाडौं । अब डिजिटल(विद्युतीय) बैंकिङ कारोबार गर्दा पैसा लाग्ने भएको छ । सरकारले घोषणा गरेको बन्दाबन्दी खुकुलो भई आवतजावत खुकुलो भइसकेकाले बैंक तथा वित्तीय संस्थाहरुले साउन एक गतेदेखि उक्त कारोबार गर्दा शुल्क लिने बताइएकाे छ ।

नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल र नेपाल वित्तीय संस्था संघले बुधबार एक सूचना जारी गर्दै साउन एक गते पश्चात विद्युतीय कारोबार तथा नगद झिक्न अन्तर-बैंक एटीएम प्रयोग गर्दा शुल्क लिने/नलिने निर्णय सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरु आफैले निर्धारण गर्ने जनाएको छ ।

साथै, कनेक्ट आईपीएस, एनसीएचएल आईपीएस, एनसीएचएल इसीसी सम्बन्धी शुल्क निर्धारण नेपाल क्लियरिङ्ग हाउस लि.ले नै गर्ने संघद्वारा जारी उक्त सूचनामा उल्लेख छ ।

हाल प्रायः जसो सबै बैंक तथा वित्तीय संस्थाहरुका शाखाहरु खुला रहेको तथा बन्दाबन्दी समेत खुकुलो भई आवत-जावत खुकुलो भइसकेकोले संघले डिजिटल(विद्युतीय) बैंकिङ कारोबार गर्दा पैसा लाग्ने जनाएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.