सुनको मूल्य बढ्दो क्रममा, प्रतितोला ९२ हजार ८ सयमा कारोबार

  २०७७ असार ३१ गते १०:५९     विकासन्युज

काठमाडौं । बुधबार सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन ६ सय रुपैयाँ बढेर सो मूल्यमा बिक्री भइरहेको छ ।

त्यस्तै मंगलबार प्रतितोला ९१ हजार ७ सय ६० रुपैयाँ बिक्री भएको तेजावी सुन बुधबार ९२ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतितोला १ हजार ५ रुपैयाँमा कारोबार भइरहेको चाँदी मंगलबार ९ सय ९५ रुपैयाँमा बिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.