पछिल्लो २४ घण्टामा विश्वभर २ लाखभन्दा बढी कोरोना संक्रमित थपिए

  २०७७ असार ३१ गते ६:४८     विकासन्युज

काठमाडौं । विश्वभर कोरोना भाइरसबाट पछिल्लो २४ घण्टा यता थप २ लाख १६ हजार जना संक्रमित थपिएका हुन् । नेपाली समयअनुसार बुधबार विहान साढे ६ बजेसम्म संसारभरीका १ करोड ३४ लाख ४६ हजार २ सयभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । ५ लाख ८० हजार २ सय २८ जना कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोनाको उपचार पछि ७८ लाख ३८ हजारभन्दा बढी मानिस निको भएका छन् ।  एकदिनमा संसारभर ५ हजार २ सय ५१ जनाकाे मृत्यु भएकाे छ ।

सबैभन्दा बढी अमेरिकामा ३५ लाख ४४ हजार ८ सयभन्दा बढी कोरोना संक्रमित छन् । संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ३९ हजार १ सय ३७ जनामा रहेका छन् । उपचारपछि १५ लाख ९७ हजारभन्दा बढी निको भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टा यता थप ६५ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्, भने ९ सय २९ जनाको मृत्यु भएको छ ।

अमेरिका पछि कोरोनाले भयावह स्थिति पैँदा गरेको ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७४ हजार २ सय ६२ जना रहेका छन् । त्यस्तै हालसम्म कोरोना संक्रमितको संख्या १९ लाख ३१ हजारभन्दा बढी पुगेका छन् । उपचार पछि निको हुनेको संख्या १२ लाख १३ हजार ५ सय नाघेको छ । पछिल्लो २४ घण्टा यता ब्राजिलमा १ हजार ३ सयभन्दा बढीको ज्यान गएको छ भने ४३ हजार २ सय ४५ जना नयाँ संक्रमित थपिएका छन् ।

उच्च कोरोना संक्रमणको तेस्रो स्थानमा आइपुगेको छिमेकी देश भारतमा ९ लाख ३७ हजार ४ सयभन्दा बढी संक्रमित छन् । २४ हजार ३ सय १५ जनाको मृत्यु भइसकेको छ भने ५ लाख ९३ हजारबढी उपचार पछि निको भएका छन् । भारतमा एक दिनमा २९ हजार ८ सय ४२ जनामा कोरोना पुष्टि भएको छ भने ५ सय ८८ जनाको मृत्यु भएको छ ।

त्यस्तै नेपालमा हालसम्म १७ हजार ६१ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट ३८ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म १० हजार ३ सय २८ जना कोरोना संक्रमित उपचार पछि निको भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय १६ जनामा कोरोना देखिएको हो । (वल्डोमिटर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.