सडकको निमार्ण कार्य क्षति दावी स्वरुप राष्ट्रिय बीमा कम्पनीले भुक्तानी गर्यो ४६ लाख रुपैयाँ बढी

  २०७७ असार ३० गते १९:१३     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले जनकपुर सडकको निमार्ण कार्य क्षति दावी स्वरुप ४६ लाख ८३ हजार ८ सय ८६ रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्ली राज अर्यालले सम्वन्धित कम्पनीका प्रतिनिधीलाई उक्त रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

जनकपुर परिक्रमा, व्यापारिक मार्ग विस्तार योजना अन्तर्गत जटही जनकपुर सडक विस्तार तथा स्तरोन्नति कार्य निर्माण व्यवसायी लामार डाँफे र धुकुछुबाट भइरहेको थियो । र, उक्त सडकको बीमा राष्ट्रिय बीमा कम्पनी लिमिटेडमा गरिएको थियो ।

गत वर्ष २०७६ असार २६, २७ र २८ को अबिरल वर्षाको बाढीले सडक खण्डको विभिन्न स्थानहरुमा पानी जम्मा भई निर्माण सामाग्रीहरु लगायत सडकको निमार्ण कार्य समेतमा क्षति भई दावी परेकोमा बीमा कम्पनीले उक्त रकम भुक्तानी गरेको हो ।

One comment on "सडकको निमार्ण कार्य क्षति दावी स्वरुप राष्ट्रिय बीमा कम्पनीले भुक्तानी गर्यो ४६ लाख रुपैयाँ बढी"

  • एक शेयरधनी says:

    क्षती भएको १ बर्ष पछी दाबी भुक्तानी हुदा पनी के को समाचार ? त्यही क्षेत्रमा अन्य कम्पनीहरुले ३ महिनामै दाबी राफसाफ गरिसकेका छन । सरकारी कम्पनीको यही हुतिहारी प्रबृतीले आज बिश्वसनियता गुमाउदै छ । न सीईओ नियुक्ती गर्न सक्छ, न बार्षिक सभा न त लेखा परिक्षण नै !!! अर्थको आदेशमा आएका बीमाको क ख नजानेकाको कामै यस्तो !!! ढिलो दिने अनि चुरी फुरी लडाउने ? जवाफ छ रा. बी. कं. संग ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.