आइएमईबाट पैसा पठाउँदा तुरुन्तै बैंक खातामा जम्मा हुने

  २०७७ असार ३० गते १८:४५     विकासन्युज

काठमाडौं । आइएमई मार्फत सोझै बैंक खाता तथा मोबाइल वालेटमा पैसा पठाउँदा तुरुन्तै(रियल टाइम) जम्मा हुने व्यवस्था मिलाइएको छ । अब देश विदेशमा रहेका सेवाग्राहीहरुले नेपालमा अवस्थित ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुमा डिपोजिट गरी यो सेवा सजिलैसँंग लिन सक्नेछन् ।

पैसा पठाउन छिटो र विश्वासिलो माध्यमको रुपमा परिचित आइएमईको सेवाग्राहीहरुलाई उच्चतम सेवा प्रदान गर्ने यो अर्को महक्तवपूर्ण कदम हो । यो सेवा विश्वका २०० भन्दा बढी देशहरुमा आवस्थित व्यवसायिक साझेदारहरु (एजेन्ट पार्टनर) मार्फत समेत उपलब्ध हुनेछ । विभिन्न बैंकका खाता तथा मोबाइल वालेटमा पनि यो सेवा उपलब्ध हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.