स्यानिटाईजर दर्ताको समय थप गरेको प्रति नेपाल औषधी उत्पादक संघकाे विराेध

  २०७७ असार ३० गते २१:१५     विकासन्युज

काठमाडौं । स्यानिटाईजर दर्ताको लागि सरकारले गरेको ३ महिना समय अवधी थपको नेपाल औषधी उत्पादक संघले विरोध गरेको छ । संघले मंगलबार यसको विरोध गर्दै औषधि व्यवस्था विभागमा शान्तिपूर्ण धर्ना कार्यक्रम गरेको छ ।

स्वास्थ्यको मन्त्रिस्तरिय बैठकले असार २२ गते स्यानेटाइजरको दर्ताको लागि थप ३ महिना समयावधि दिने निर्णयको गरेको थियो । दर्ता समय थपिनु भनेको बिना दर्ता र बिना गुणस्तर परिक्षण थप ३ महिना बजारमा स्यानेटाइजर बिकी गर्न दिनु जनताको स्वास्थ्य माथिको खेलवाड हुने संघका महासचिव विप्लप अधिकारीले बताए । संघले यो निर्णय तत्काल फिर्ता लिन माग राखेको छ ।

यसअघि अाफुहरुले स्वास्थ्यमन्त्रीलाई नेपाल सरकारले गरेका निर्णयको कार्यान्वयन गरिदिन १८ बुँदे माग सहित पत्र बुझाइसकेको संघले जनाएको छ ।

स्वास्थ्यमन्त्रीले औषधि परामर्श परिषदको बैठक राखी तत्काल कार्वान्वयन गर्ने बचन दिएको र नेपाल औषधि उत्पादक संघले उक्त परिषदको बैठकको लागि आफ्ना मागहरु पनि बुझाइसकेको अधिकारीले बताए । तर एक्कासि स्यानेटाइजरको दर्ता समय थपले आफुहरु बाध्य भएर आन्दोलनमा आउनुपरेको अधिकारी बताउँछन् ।

‘हाम्रो यो आन्दोलन भोलि पनि जारि रहने छ ,भोलि सम्म पनि हाम्रा मागको सुनुवाई नभए पर्सि बाट थप कडा आन्दोलनमा जाने छौ,’ उनले भने ।

कोरोना भाइरसको सङ्क्रमणको बेला गुणस्तरिय उत्पादन मात्र बजारमा पाउनु पर्नेमा सरकारको यो निर्णय गलत भएको उत्पादक संघको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.