नेपाल इन्भेष्टमेन्ट बैंकको सीईओमा पुनः ज्योति प्रकाश पाण्डे

  २०७७ असार ३० गते १६:५१     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः ज्योति प्रकाश पाण्डे नियुक्त भएका छन् । असार ३० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा रहेका पाण्डेलाई थप एक कार्यकालको लागि दोहोर्याएको हो ।

पाण्डेको वर्तमान कार्यकाल असार ३० गतेदेखि सकिँदै थियाे । साे कार्यकाल समाप्त भएपछि बैंकले उनलाई साउन एक गतेदेखि लागू हुने गरी अर्को कार्यकालका लागि नियुक्त गरेकाे हाे ।

यससँगै उनले आगामी ४ वर्ष अर्थात २०८१ सालसम्म यस बैंकको सीईओको कार्यभार सम्हाल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.