२०७७ असार ३० गते १६:३२ विकासन्युज
काठमाडाैं । काठमाडौं उपत्यकामा २ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा २ जना कोरोना संक्रमित थपिएकाे बताए ।
संक्रमितहरु काठमाडाैंकाे २ जना रहेकाे गाैतमले बताए । याेसँगै उपत्यकामा काेराेना संक्रमण पुष्टि भएकाे संख्या ३ सय ५८ पुगेकाे छ जसमा काठमाडाैंकाे २ सय ३७, ललितपुरकाे ७६ र भक्तपुरकाे ४५ जना रहकाे छन् ।
बुधबार नेपालमा १ सय १६ जना काेराेना संक्रमित थपिएका छन् भने ३४ जना संक्रमित निकाे भएर घर फर्किएका छन् । नेपालमा काेराेना संक्रमितकाे संख्या १७ हजार ६१ पुगेकाे छ भने कुल निकाे भएर घर फर्किनेकाे संख्या १० हजार ३ सय २८ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३८ जको मृत्यु भइसकेकाे छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.