सगरमाथा इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पुन: क्षेत्री

  २०७७ असार ३० गते १५:३१     विकासन्युज

काठमाडौ । सगरमाथा इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा चंखु क्षेत्री नियुक्त भएका छन् । हाल सोही कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा रहेका क्षेत्रीको पुन: ४ वर्षको लागि कार्यकाल थपिएको हो ।

कम्पनी संचालक समितिले क्षेत्रीलाई अर्काे एक कार्यकालको लागि नियुक्त गरेको हो ।

क्षेत्री नेपाल बीमक संघका महासचिवप नि हुन् । निर्जीवन बीमा व्यवसाय गर्ने २० कम्पनीहरु माझ सगरमाथा इन्स्योरेन्स कम्पनी चर्चित कम्पनी हो । बीमा क्षेत्रका केही परिसुचकहरुमध्येमा सगरमाथा इन्स्योरेन्स केहीमा पहिलो तथा केहीमा दोस्रो स्थानमा छ ।

कम्पनी संचालक समिति बैठकले गत जेठ २२ गते उनलाई अर्काे कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने सहमतिको लागि बीमा समितिमा पत्राचार गरेको थियो । समितिले असार १७ गते स्वीकृति दिएपछि संचालक समितिको अर्काे बैठक असार २५ गते बसेर उनलाई थप एक कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।

उनीसँग बीमा क्षेत्रमा २ दशक भन्दाबढी समयको अनुभव छ । सगरमाथा इन्स्योरेन्स कम्पनीमा आउनु पूर्व क्षेत्रीले ओरेन्टल इन्स्योेरेन्स कम्पनी र युनाईटेड इन्स्योरेन्स कम्पनीमा कार्य अनुभव संगालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.