एफएनसीसीआई निर्वाचनः यस्तो बन्यो टीम चन्द्र ढकाल

  २०७७ असार ३० गते १३:४९     विकासन्युज

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को चुनावी सरगर्मी बढेको छ । साउन २६ र २७ गते हुने महासंघको निर्वाचनको लागि वरिष्ठ उपाध्यक्षद्वयले प्यानल बनाएर चुनावी अभियानमा लागेका छन् ।

बरिष्ठ उपाध्यक्ष प्रत्यदका उम्मेदवार चन्द्रप्रसाद ढकालले आफ्नो टीम घोषणा गरेका छन् । ढकालको टीममा जिल्ला/नगर उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसियट उपाध्यक्षमा रामचन्द्र संघाई रहेका छन् ।

बरिष्ठ उपाध्यक्ष पदका अर्का प्रत्यासी किशोर प्रधानले पनि प्यानलै बनाएर चुनाबी प्रतिस्पर्धा गरिरहेका छन् । प्रधानको प्यानलमा जिल्ला/नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ र एसोसियट उपाध्यक्षमा सौरभ ज्योति प्रतिस्पर्धामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.