विश्वभर कोरोना संक्रमितकाे संख्या १ करोड ३२ लाख नाघ्यो, ७६ लाख ९१ हजारबढी काेराेनामुक्त

  २०७७ असार ३० गते ६:३७     विकासन्युज

काठमाडौं । विश्वभर कोरोना भाइरसबाट १ करोड ३२ लाख २९ हजार ३ सयभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । नेपाली समयअनुसार मंगलबार विहान साढे ६ बजेसम्म संसारभरीका ५ लाख ७४ हजार ९ सय ७७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोनाको उपचार पछि ७६ लाख ९१ हजारभन्दा बढी मानिस निको भएका छन् ।

सबैभन्दा बढी अमेरिकामा ३४ लाख ७९ हजार ३ सयभन्दा बढी कोरोना संक्रमित छन् । संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ३८ हजार २ सय ४७ जनामा रहेका छन् । उपचारपछि १५ लाख ४९ हजारभन्दा बढी निको भइ घर फर्किएका छन् ।

अमेरिका पछि कोरोनाले भयावह स्थिति पैँदा गरेको ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७२ हजार ९ सयभन्दा बढी रहेका छन् । त्यस्तै हालसम्म कोरोना संक्रमितको संख्या १८ लाख ८७ हजार ९ सय ५९ पुगेका छन् । उपचार पछि निको हुनेको संख्या १२ लाख १३ हजार ५ सय नाघेको छ ।

उच्च कोरोना संक्रमणको तेस्रो स्थानमा आइपुगेको छिमेकी देश भारतमा ९ लाख ७ हजारभन्दा बढी संक्रमित छन् । २३ हजार ७ सय २७ जनाको मृत्यु भइसकेको छ भने ५ लाख ७२ हजारबढी उपचार पछि निको भएका छन् ।

त्यस्तै नेपालमा हालसम्म १६ हजार ९ सय ४५ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट ३८ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म १० हजार २ सय ९४ जना कोरोना संक्रमित उपचार पछि निको भइ घर फर्किएका छन् । (वल्डोमिटर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.