बर्षाको बेलामा मोबाइल फोन भिज्नबाट कसरी जोगाउने ?

  २०७७ असार २९ गते १८:३९     विकासन्युज

काठमाडौं । वर्षायाम लागेसँगै कतै बाढिको चिन्ता त कतै पहिरोको प्रकोप देखापर्न थाल्छ । यही वर्षायममा कतिपयले घरबार, जन–धन गुमाउछन् भने कतिले अनेकौ कष्टहरु व्यहोर्न बाध्य हुन्छन् ।

तर हामीले आज सबै समस्याहरुलाई थाति राख्दै मोवाइल फोन बोक्ने ग्राहकरुले वर्षायाममा कसरी फोन जोगाउने भन्ने बारेमा चर्चा गर्दैछौं ।

वर्षायाम होस या जाडो मोवाइल फोन सधैको साथी जस्तै हो । सोही कारण ग्राहकरुले वर्षायामको बेलामा पनि मोवाइल फोन घरमै छाडेर बाहिरी यात्रा तय गर्दैनन् ।

वर्षायाममा मोवाइल फोन भिज्ने समस्या हामीलाई सामान्य लाग्ने गर्छ । तर भिजेकै कारण मोवाइल फोनमा विभिन्न किसिमका समस्या देखा पर्नेदेखि फोन नै नचल्नेसम्मको समस्या आउँछ । वर्षा, मनसुनको समय अनि मोवाइलको असुरक्षा, यो हर कोहीले भोग्दै आएको समस्यमा पनि हो ।

पानीले भिज्दा मोवाइल फोनमा कहिले ब्याट्री फुल्ने, डिस्प्लेका अक्षर नदेखिने, चार्ज नटिक्नेदेखि मोवाइल फोन नै सिज हुनेसम्मको खतरा हुन्छ ।

यस्तै, जोखिमबाट मोवाइल सेट बचाउन अहिले बजारमा वाटर प्रुफ मोवाइलहरु समेत किनबेच हुन थालेको छ । तर पनि सकेसम्म कुनैपनि मोवाइल पानीमा भिजाउनु राम्रो नहुने जानकारहरु बताउछन् ।

वाटर प्रुफ केसको प्रयोग गर्ने

वर्षा याममा मोवाइल जोगाउन कतिपयले प्लास्टिकभित्र राख्ने गरेका छन् । कतिपय कभरहरु निकै हदसम्म पानी छेक्ने किसिमका हुन्छन् । तर वाटर प्रुफ केसहरुको प्रयोग गर्नु राम्रो मानिन्छ । यसरी वाटर पु्रफ केसको प्रयोग गर्दा मोवाइफ फोन पानीबाट पूर्ण रुपमा जोगाउन सकिन्छ ।

ब्लुतुथ हेडसेटको प्रयोग गर्ने

मोवाइल हरेक बेलामा प्रयोग गर्नु पर्ने अवस्था आउन सक्छ । मनसुनको समयमा मोवाइल चलाउदा भिज्ने सम्भावना धेरै हुन्छ । भिजेपछि मोवाइलमा समस्या आउन सक्छ । सोही कारण ब्लुतुथ हेडसेटको प्रयोग गर्दा केही हदसम्म मोवाइल जोगाउन सकिन्छ । हेडसेट कुराकानी गर्ने, संगित सुन्ने लगायतको प्रयोजनमा प्रयोग गर्न सकिन्छ ।

चिसो हातले मोवाइल फोनको प्रयोग नगर्ने

मोवाइल फोनको प्रयोग अधिकांश बेलामा गर्न सकिने भएकाले प्रयोकर्ताहरु मोवाइलको साथमा लामो समय बिताउन सक्छन् । कतिपय अवस्थामा आफ्नो महत्वपूर्ण कामका लागि हतारमा समेत मोवाइल प्रयोग गर्ने गरिन्छ । तर प्रयोगकर्ताहरुले चिसो हातले मोवाइल फोनको प्रयोग गर्नुमा राम्रो मानिदैन ।

वाटर प्रुफ फोनको प्रयोग गर्ने

आफुसँग भएको फोन जोगाउनु सबै प्रयोगकर्ताको चाहाना हो । तर, प्रयोगकर्तासँग आर्थिक अवस्था सबल छ भने वाटर पु्रफ फोन प्रयोग गर्नु राम्रो हुन्छ । अहिले बजारमा केही महंगा मूल्य तिर्दा वाटर पु्रफ (पानीबाट जोगिने) किसिमका फोनहरु पाइन्छन् ।

साथमा रुमाल या सानो कपडा बोक्ने

रुमाल वा कपडाका टुक्रा बोक्दा मोवाइल प्रयोगकर्तालाई राम्रो हुन्छ । कहिकतै मोवाइल फोनमा पानीका छिट्टा परेको अवस्थामा उक्त कपडाले पुछ्न मद्दत गर्छ । कपडाले पुछ्दा हल्कासँग डिस्प्लेमा असर नपर्ने गरी पुछ्नु पर्छ ।

भिजेको अवस्थामा चार्ज नगर्ने

कहिलेकाही घर बाहिर गएको बेलामा फोनको चार्ज सकिन्छ । यसरी चार्ज सकिनु स्वभाविक पनि हो । तर सोही समयमा मोवाइलमा पानी परेको छ वा भिजेको छ भने हामीले तत्कालै मोवाइल चार्ज गर्नु हुदैन । भिजेको मोवाइल चार्ज गर्दा मोवाइलको व्याट्रीमा समस्या आउन सक्छ भने मोवाइल सट भएर पड्किने सम्भावना पनि उत्तिकै हुन्छ ।

सोही कारण मोवाइल फोन भिजेको छ भने चार्जमा राख्नु हुदैन ।

मोवाइल फोनलाई सुरक्षित राख्न विभिन्न विधिहरु अपनाउने गरिन्छ । यस्तै विधि अपनाएर हामीले आफ्नो मोवाइल फोनलाई सुरक्षित राख्न सक्छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.