सिद्धार्थ बैंकद्वारा विद्यालयको भवन पुनर्निर्माणकाे लागि ५ लाख सहयाेग

  २०७७ असार २९ गते १८:१२     विकासन्युज

काठमाडौं । सिदार्थ बैंकले सोमबार दोलखा स्थित राजकुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माण गर्नका लागि, हेल्प नेपाल नेटवर्कलाई सहयोग स्वरुप रु पाँच लाख प्रदान गरेको छ । सो रकम बैंकका हेड अफ सर्कल अफिस, लाजिम्पाटकी निमा नेपालले हेल्प नेपाल नेटवर्कका कार्यक्रम संयोजक दिक्षा सिंहलाई हस्तान्तरण गरेकी हुन् ।

बैंकबाट प्राप्त उक्त रकम हेल्प नेपाल नेटवर्कले २०७२ सालको विनाशकारी भूकम्पले क्षति भएको दोलखाको भिमेश्वर स्थित राजकुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माण कार्यको लागि उपयोग गर्ने बताईएको छ ।

नेपालको दुर्गम क्षेत्रको बालबालिकाको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा टेवा पु¥याउने उद्देश्य रहेको गैर सरकारी संस्था, हेल्प नेपाल नेटवकलाई पु¥याएको यस सहयोगबाट शिक्षाको क्षेत्रमा केहि हदसम्म भएपनि उत्थान पुग्ने र आगामी दिनहरुमा पनि यस्ता संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैँ आफ्नो उच्च प्राथमिकता दिंदै जाने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.