साधना लघुवित्तको आईपीओ बाँडफाँडः ८५ प्रतिशत बढीको हात खाली, ६६ हजारले पाए १० कित्ता सेयर

  २०७७ असार २९ गते १८:२३     विकासन्युज

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको साधारण सेयर(आईपीओ) सोमबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आवेदन गर्ने आवेदकमध्ये ८५ प्रतिशत बढीको हात खाली भएको छ भने ६६ हजार एक सय ५२ जनाले १० कित्ताको दरले सेयर पाएका छन् ।

सेयरका लागि आवेदन दिएका मध्ये ३ लाख ८१ हजार ६ सय ९७ जना आवेदकको हात खाली भएको छ ।

उक्त आईपीओमा ४ लाख ५८ हजार ६ सय ४३ जनाले एक करोड १२ लाख ५९ हजार ८ सय ५० कित्ता सेयरको लागि आवेदन दिएका थिए । जसमध्ये कूल ४ लाख ४८ हजार ६४० वटा योग्य आवेदन परेकाे थियाे भने बाँकी रद्द भएका छन् ।

संस्थाले सर्वसाधारणका लागि ६ लाख ६१ हजार ५ सय २० कित्ता सेयर बिक्रीमा राखेको थियो । संस्थाले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरका ७ लाख ७ हजार ८ सय कित्ता अर्थात ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको आईपीओ बिक्रीमा राखेको थियाे । जसमध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८ सय ९० कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरेको छ ।

त्यस्तै, सर्वसाधारणलाई छुट्याएको सेयर मध्येको ५ प्रतिशत अर्थात ३५ हजार ३ सय ९० कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड भएको र बाँकी रहेकाे ६ लाख ६१ हजार ५ सय २० कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्काशन गरेकाे हाे ।

One comment on "साधना लघुवित्तको आईपीओ बाँडफाँडः ८५ प्रतिशत बढीको हात खाली, ६६ हजारले पाए १० कित्ता सेयर"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.