नेपालमा थप १ सय ४४ जनामा कोरोना पुष्टि

  २०७७ असार २९ गते १६:२२     विकासन्युज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टा यता थप १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा १ सय ४४ जनामा कोराेना भाइरस देखिएको बताए ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या १६ हजार ९ सय ४५ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या १० हजार २ सय ९४ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३८ जनाको मृत्यु भइसकेकाे छ ।

कतिकाे परीक्षण ?

हालसम्म २ लाख ८९ हजार ३ सय ७१ काे पिसिआर विधि र ३ लाख १२ हजार ४ सय २ जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ ।

हाल देशभर २३ हजार ४ सय ७० जना क्वारेन्टिनमा रहेका छन् भने ६ हजार ६ सय १३ जना आईसाेलेसनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.