प्रभु र समृद्धि क्यापिटल एक आपसमा गाभिए, आजैबाट शुरु भयो एकीकृत कारोबार

  २०७७ असार २९ गते १५:०८     विकासन्युज

काठमाडौं । पुँजी बजारमा मर्चेन्ट बैंकरको रुपमा कार्यरत प्रभु क्यापिटल र समृद्धि क्यापिटल एक आपसमा गाभिई आज(असार २९ गते) बाट एकिकृत कारोबार शुरु गरेका छन् । दुबै संस्था एक आपसमा गाभिए पश्चात प्रभु क्यापिटल लिमिटेडको नामबाट एकिकृत कारोबार शुरु गरेका हुन् ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले पुँजी बजारमा मर्जर पछिको प्रभु क्यापिटलले गुणस्तरीय सेवा प्रदान गरी पुँजीबजारमा महत्वपूर्ण योगदान दिने विश्वास लिएको बताए । आफ्नो क्षमता र योग्यता देखाउन सक्ने संस्था मात्र बजारमा रहन सक्ने वास्तविकता औल्याउँदै प्रभु क्यापिटलले पक्कै पनि पूँजी बजारमा आफ्नो दरिलो स्थान बनाउने विश्वास लिएको उनले बताए ।

उनले नेपालमा सेक्युरिटाइजेसनको अवधारणा नभएको हुँदा धितोपत्र बोर्डले यसतर्फ समेत ध्यान दिइरहेको बताएका छन् । साथै, विशिष्टिकृत योजनामा विदेशी लगानी समेत भित्र्याउन सकिने व्यवस्था गरेको कुरा बताउँदै क्यापिटलहरु अझ बढि श्रृजनशील हुनुपर्ने अध्यक्ष ढुङ्गानाले बताए ।

कार्यक्रममा तत्कालिन समृद्धि क्यापिटलका अध्यक्ष एलपि भानु शर्माले पुँजी बजार व्यक्तिमात्रै नभई समाज नैं बन्ने मेलो भएको कुरालाई जोड दिँदै ठूला ठूला संस्थाहरु नबनिकन देश बन्दैन भन्दै नेपाल धितोपत्र बोर्डले नियामकीय दायरा फराकिलो बनाईदिन आग्रह गरेका छन् ।

त्यस्तै, प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचनले धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त भएका भिष्मराज ढुंगानाको कार्यकालमा नेपाली पुँजी बजारले विषम परिस्थिति भोगेको भएतापनि स्थाई सरकार भएको हुँदा आउने दिनमा थप परिस्कृत भई नयाँ उचाई छुनेछ भन्ने विश्वास लिएको बताए । उनले देशको राजनीतिक अवस्थाले आर्थिक क्षेत्रमा प्रभाव पर्ने बताउँदै आर्थिक क्षेत्रको विकासका लागि स्थीर सरकार र आर्थिक क्षेत्र प्रति सकारात्मक र बलियो धारणा राख्ने सरकार हुनुपर्ने बताएका छन् ।

कार्यक्रमको अध्यक्ष तथा मर्जर कमिटिका संयोजक रहेका तत्कालिन प्रभु क्यापिटलका अध्यक्ष बिनोद थकालीले इतिहास रच्दै..अघि बढ्दै..प्रभु क्यापिटल भन्ने नाराका साथ प्रभु क्यापिटल लिमिटेड अगाडि बढेको बताए । उनले मर्जर पश्चात क्यापिटलको अधिकृत पुँजी १ अर्ब र चुक्ता पुँजी ८१ करोड ७१ लाख रुपैयाँ भएको छ । ठूलो आकारको पुँजी सहित एक सवल संस्थाको रुपमा प्रतिष्पर्धी सेवा प्रदान गर्दै यस संस्थाले पुँजी बजारको विकासलाई टेवा पुर्याउने उद्देश्य सहित मर्जर गरिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.