एनएलजी इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट नियुक्त

  २०७७ असार २९ गते १४:२६     विकासन्युज

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको सेयर रजिष्ट्रार(आरटीएस) मा आरविवि मर्चेन्ट बैंकिङ्ग नियुक्त भएको छ । उक्त सेयर रजिष्ट्रार नियुक्ति सम्बन्धी सम्झौता पत्रमा असार २८ गते दुई संस्थाले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौत पत्रमा एनएलजी इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र आरविवि मर्चेन्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन् ।

आरविवि मर्चेन्ट बैंकिङ्ग राष्ट्रिय बाणिज्य बैंकको पूर्ण स्वामित्वमा रहि धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकिङ्ग हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.