१०४ वर्षकी वृद्धाले अस्पताल नगई कोरोनालाई जितिन्

  २०७७ असार २९ गते ७:३०     विकासन्युज

काठमाडौं । इङ्ल्याण्डमा १ सय ४ वर्षकी एक वृद्धाले कोरानाविरुद्धको युद्ध जितेकी छिन् । ग्रेस ग्रीनवुडको उपचार उनको घरमा नै भइरहेको थियो । करिब तीन हप्तादेखि आफ्नो ओछ्यानबाट उठ्नसमेत सकिनन् । उनलाई सास फेर्न समस्या भइरहेको थियो ।

तर सय वर्ष नाघिसकेकी उनी अस्पताल जानै परेन । अब उनी पूर्ण रुपमा स्वस्थ छिन् । ग्रेसको परिवारका अनुसार उनले आफ्नो जीवनमा अत्यधिक समस्याको सामना गर्नुपरेको छ र आफ्नो जीवनको धेरैजसो समय बिरामी भएरै बिताएकी छिन् तसर्थ उनीसँग चुनौतीसँग लड्ने हिम्मत छ ।

ग्रेसको जन्म म्यान्मारमा भएको थियो । उनले भारतमा नर्सको रुपमा केही समय काम गरिन् त्यसपछि लामो समुद्री बाटो हुँदै सन् १९४६ मा इङ्ल्याण्ड पुगिन् ।

इङ्ल्याण्डमा मेकअप आर्टिस्टको रुपमा काम गर्ने उनकी नातिनी क्रिस्टल अपोलोनिया भन्छिन्, ‘केही हप्ता अघि उनी बिरामी भएकी थिइन् । जब डाक्टरले उनको स्वास्थ्यबारे जानकारी दिए तब हामी अत्यधिक डराएका थियौं । हामी जहाँ बस्छौं त्यहाँ कोरोनाका कारण थुप्रैको मृत्यु भएको छ ।’

‘तर जब मेरी हजुरआमालाई आफूलाई कोरोना पोजेटिभ भएको थाहा भयो तब उनलाई यो कुराले खासै असर पारेन’ उनी भन्छिन् । क्रिस्टलका अनुसार उनकी हजुरआमा आशाले भरिपूर्ण बलियो इच्छाशक्ति भएकी महिला हुन् र आफ्नौ दैनिकको व्यायाम निरन्तरता दिन चाहन्छिन् । (बीबीसीको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.