विश्वभर कोरोना संक्रमितको १ करोड ३० लाख नाघ्यो

  २०७७ असार २९ गते ६:३५     विकासन्युज

काठमाडौं । विश्वभर कोरोना भाइरसबाट १ करोड ३० लाख २७ हजार ८ सयभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । नेपाली समयअनुसार सोमबार विहान साढे ६ बजेसम्म संसारभरीका ५ लाख ७१ हजार ७६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोनाको उपचार पछि ७५ लाख ७५ हजारभन्दा बढी मानिस निको भएका छन् ।

सबैभन्दा बढी अमेरिकामा ३४ लाख १३ हजार ९ सयभन्दा बढी कोरोना संक्रमित छन् । संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ३७ हजार ७ सय ८२ जनामा रहेका छन् । उपचारपछि १५ लाख १७ हजारभन्दा बढी निको भइ घर फर्किएका छन् ।

अमेरिका पछि कोरोनाले भयावह स्थिति पैँदा गरेको ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७२ हजार १ सयभन्दा बढी रहेका छन् । त्यस्तै हालसम्म कोरोना संक्रमितको संख्या १८ लाख ६६ हजार १ सयभन्दा बढी पुगेका छन् । उपचार पछि निको हुनेको संख्या १२ लाख १३ हजार नाघेको छ ।

उच्च कोरोना संक्रमणको तेस्रो स्थानमा आइपुगेको छिमेकी देश भारतमा ८ लाख ७९ हजारभन्दा बढी संक्रमित छन् । २३ हजार १ सय ८७ जनाको मृत्यु भइसकेको छ भने ५ लाख ५४ हजारबढी उपचार पछि निको भएका छन् ।

त्यस्तै नेपालमा हालसम्म १६ हजार ८ सय १ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट ३८ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ८ हजार ५ सय ८९ जना कोरोना संक्रमित उपचार पछि निको भइ घर फर्किएका छन् । (वल्डोमिटर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.