पहिरोमा वेपत्ता भएकालाई खोजी तथा राहत उपलब्ध गराउन सरकारसँग माग

  २०७७ असार २८ गते १७:५१     विकासन्युज

काठमाडौं । नेपाल परिवार दलले देशका बिभिन्न स्थानमा बाढी र पहिरोका कारण वेपता भएकाहरुलाई खोजी गर्न तथा तत्काल राहत तथा स्वास्थ्य उपचारको व्यवस्था गर्न नेपाल सरकारसँग आग्रह गरेको छ ।

दलका महामन्त्री बिनोद डाँगीले आईतबार एक बिज्ञप्ति जारी गदै सिन्धुपाल्चोक, म्याग्दी पर्वत जाजरकोट लगायत देशका बिभिन्न स्थानमा बाढी र पहिरोका कारण ठूलो मानवीय तथा धनमालको क्षति भएको भन्दै प्राकृतिक विपत्तिमा परि निधन भएकाहरुको परिवारमा समवेदना व्यक्त गदै घाईतको उपचार र तत्काल आवश्यक राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

परिवार दलले बाढी, पहिरो लगायत प्राकृतिक विपद्का स्थितिमा सरकारका सबै संयन्त्रले सम्पूर्ण सामर्थ्य सहित कुनै कसर नराखी जोखिम मोलेर उद्धार र सहयोग गर्नु पर्नेमा जोड दिएको छ । केही दिन यता देशका विभिन्न भागमा अविरल वर्षाका कारण आएको बाढी र पहिराले पुर्याएको जनधनको क्षतिले परिवार दल स्तब्ध भएको भन्दै प्रभावितको उद्धारमा आवश्यक सबै समयन्त्र प्रयोग गर्न आग्रह गरेको छ ।

परिवार दलले बिज्ञप्ति मार्फत असुरक्षित बसोबासका स्थानलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा विपद् न्यूनीकरणका उपायहरू अवलम्बन गर्न आग्रह गरेको छ । परिवार दलले यस्तो संकटको बेला सरकारका तीनवटै तह सक्रिय भएर उद्धारमा लाग्न आवहान गरेको छ ।

परिवार दलले कोरना महामारीसँग अहिले आएको प्राकृति बिपत्तिबाट जनताको जीवन रक्षाको दायित्व सरकारको रहेको स्मरण गराएको छ । परिवार दलले देशै भरिका आफना नेता तथा कार्यकर्तालाई उद्धार मा खट्न आवहान गरेको छ । परिवार दले मधेश तराई पहाड लगायतका भविष्यमा आइपर्न सक्ने यस्ता प्राकृतिक प्रकोपले प्रभावित बनाउन सक्ने जोखिमपूर्ण बस्तीहरुको समयमानै अध्ययन गरि आबस्यक पूर्व साबधानी अपनाउन सरकारको ध्यानाकर्षण गर्दछ बिज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.