काठमाडौं उपत्यकामा अहिलेसम्म ३ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि

  २०७७ असार २८ गते १७:३९     विकासन्युज

काठमाडाैं । काठमाडौं उपत्यकामा अहिलेसम्म ३ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । ईपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले उपत्यकामा अहिलेसम्म ३ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे बताएका हुन् ।

पाण्डेले उपत्यकामा देखिएकाे अधिकांश संक्रमितहरु विदेशबाट आएकाहरु रहेकाे र काेही काेही भने कुनैपनि ट्राभल हिस्ट्री नभएकाे व्यक्तिहरु भएकाे बताए ।

पाण्डेले जिल्ला बाहिर संक्रमण घटिरहँदा उपत्यकामा भने बढिरहेकाे बताए । आईतबार नेपालमा ८२ जना काेराेना संक्रमित थपिँदा उपत्यकामा ६ जना थपिएका थिए । शुक्रबार मात्र उपत्यकामा ४३ जनामा संक्रमण पुष्टि भएकाे थियाे ।

कुनैपनि ट्राभल हिस्ट्री नभएकाे व्यक्तिहरुकाे  कन्ट्याक ट्रेसिङ पनि सुरु गरिसकेकाे उनले बताए । यस्तै काठमाडौँ उपत्यकाका पाँच हजार मानिसको कोभिड–१९ को पिसिआर परीक्षण गर्नका लागि नमूना सङ्कलन उनले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.