तीनकुनेको खाली जग्गामा ट्राफिक प्रहरीले रोप्यो फूल, उत्कृष्ट बिरूवा बनाउनेलाई पुरस्कृत गरिने

  २०७७ असार २८ गते १७:२५     विकासन्युज

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथद्धारा कोटेश्वर स्थित खाली जग्गामा ‘पुष्परोपन कार्यक्रम’ सम्पन्न भएको छ । आज आईतबार आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि तथा महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक विश्वराज पोखरेलले पुष्परोपन गरी उद्घाटन गरेका हुन् ।

नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थल नजिकै रहेको तीनकुने पर्यटकहरू आवातजावत गर्ने मुल ढोका समेत रहेकोले त्यहाँ रहेको खाली जग्गामा फुलहरू रोपि सडकलाई मनमोहक बनाईएको महाशाखाले जनाएको छ र अन्य यस्तै खाली रहेका स्थानमा पनि वृक्षरोपन गर्न नागरिकहरूलाई प्रेरणा मिल्ने विश्वास लिएको छ ।

अमला, वेगमवेली, तेजपत्ता, रिठ्ठा, मसला, धुपी, पारिजात, कपुर, रातकी रानी, कामिनी, किम्बु, चाँप, चाईनिज गुलाव, समी, मेन्टोगेटा, एभोगाडो, हेमनकस, आरू जस्ता ३५० बढी विरूवा ट्राफिक प्रहरीका अधिकृत तथा जवानहरूले रोपेका छन् ।

महाशाखाले एकातर्फ काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सुधार गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ भने अर्कातर्फ सडकको छेउलाई पनि मनमोहक, रौनक र रङ्गिन बनाई सुन्दरता बढाउन पुष्परोपन गर्न थालेको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रहरी नायव निरिक्षक विश्वराज पोखरेलले बढ्दो शहरीकरण कारण दिनप्रतिदिन बढिरहेको वातावरणीय असरप्रति सबैले गम्भिरताका साथ वृक्षारोपन गर्नुपर्नेमा जोड दिए ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ट उपरीक्षक भिम ढकालले महाशाखा लगायत मातहतका ४४ वटै ट्राफिक कार्यालयहरूले ३५० भन्दा वढी फुलका विरुवाको व्यवस्था गरेको जानकारी दिए । ढकालले ती ट्राफिक कार्यालयहरू आफुले रोपेका फुलहरूलाई आफैले नै रेखदेख गर्ने र ३ महिनापछि सबैभन्दा उत्कृष्ट बिरूवा (फूल) बनाउने कार्यालयलाई पुरस्कृत गर्ने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.