नेपालमा थप ८२ जनामा कोरोना पुष्टि

  २०७७ असार २८ गते १६:२२     विकासन्युज

काठमाडौं । आईतबार पछिल्लो २४ घण्टा यता थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ८२ जनामा कोराेना भाइरस देखिएको बताए ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या १६ हजार ८ सय १ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या ८ हजार ५ सय ८९ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३८ जनाको मृत्यु भइसकेकाे छ ।

कतिकाे परीक्षण ?

हालसम्म २ लाख ८३ हजार ५ सय १५ काे पिसिआर विधि र ३ लाख १२ हजार ४ सय २ जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ ।

हाल देशभर २३ हजार ७ सय ८४ जना क्वारेन्टिनमा रहेका छन् भने ८ हजार १ सय ७४ जना आईसाेलेसनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.