सनराइज बैंकले अनलाइनबाटै उद्घाटन गर्यो ४ शाखा र १ विस्तारित काउन्टर

  २०७७ असार २८ गते १६:१३     विकासन्युज


काठमाडौं । सनराइज बैंकले अनलाइनबाटै ४ शाखा र १ विस्तारित काउन्टरकाे उद्घाटन गरेकाे छ । आइतबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याले डिजिटल उद्घाटन समारोह मार्फत ४ वटा शाखा र १ विस्तारित काउन्टरको उद्घाटन गरेका हुन् ।

कोभिड-१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी शाखा र विस्तारित काउन्टर सञ्चालनमा ल्याइएको छ । बैंकले कपन, कान्तिपथ, भंगाल, कुमारीगालमा शाखा र हरिसिद्धीमा विस्तारित काउन्टर सुरु गरेको हो ।

कोरोना भाइरस (कोभिड-१९) महामारी फौलिएको र नेपालमा पनि यसको प्रभाव देखिएको परिपेक्षमा बैंकले परिस्थितीको जटिलतालाई मध्यनजर गर्र्दै डिजिटल माध्यम मार्पmत उद्घाटन गरेको हो । आफ्ना शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न, सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ ।

बैंकले हालसम्म १३४ वटा शाखा, ४८ वटा शाखारहित बैंकिङ्ग सेवा, १० वटा विस्तारित काउण्टर र १६० वटा एटिएम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरूमा पनि थप शाखा, शाखारहित बैंकिङ्ग, विस्तारित काउन्टर र एटिएमहरु सञ्चालन गर्ने योजना रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.