डिशहोम योजनाका २ जना भाग्यशाली विजेताले पाए एक एक लाख रुपैयाँ

  २०७७ असार २८ गते १२:३८     विकासन्युज

काठमाडाैं । “डिशहोममा डिलर दाईको डिस्काउन्ट” योजना अन्र्तगत लाइभ लक्की ड्र मार्फत २ जना भाग्यशाली विजेता छनौट भएका छन् । २०७७ साल असार १९ गते देखि असार २५ गतेसम्म फण्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर लक्की ड्र सम्पन्न गरी विजेता छनोट गरेको हो ।

यो योजनाअन्तर्गत असार २६ गते भएको लक्की ड्रबाट डिशहोमको सेटअप बक्सको क्यासआईडी नम्बर ७१९१३०९४८७७, ७१९१४०८१९१५ बिजेता बन्न सफल भएका छन् ।

हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेस च्यानल नम्बर १००, शोकेस २ च्यानल नम्बर १०१ र रमाईलो टिभीमा लाइभ लक्की ड्र मार्फत २ जना भाग्यशाली विजेता छनौट हुन्छन् । योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रति व्यक्ति एक लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् ।

डिशहोमले संचालन गरेको डिलर दाईको डिस्काउन्ट अफरलाई निरन्तरता दिने भएको छ । फण्ड ट्रान्सफरबारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ । ग्राहकहरुको मागलाई ध्यानमा राख्दै अब अनलाइन मार्फत ५ हजार वा सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो विक्ली लक्की ड्रमा सहभागी गराईने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.