विदेशमा काेराेना संक्रमित नेपालीमध्ये ९२ प्रतिशत संक्रमणमुक्त

  २०७७ असार २८ गते ९:०६     विकासन्युज

काठमाडौं । विदेशमा रहेका काेराेना संक्रमित नेपालीमध्ये ९२ प्रतिशत कोरोनामुक्त भएका छन् । गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा कोरोना भाइरस संक्रमित मध्ये ९२ प्रतिशत नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका जानकारी दिएकाे छ । साथै पछिल्ला दिनमा काेराेनाबाट मृत्यु हुने  नेपालीको दरमा उल्लेख्य कमी देखिएकाे जनाएकाे छ ।

संसारभर २९ हजार ६ सय २४ जना संक्रमित नेपालीमध्ये २७ हजार ३ सय ६२ जना नेपाली संक्रमण मुक्त भएको गैरआवासीय नेपाली संघले बताएकाे छ ।

स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार अष्ट्रेलिया, पोल्याण्ड, कतार, साउदी अबर लगायतका देशमा रहेका नेपालीहरुमा सो साता कोरोना संक्रमण दर सामान्य रुपमा बृद्धि भएको छ ।

काेराेनाबाट नेपालमासहित ज्याने नेपालीकाे संख्या १ सय ८१ पुगेको छ भने ४६ हजार ३ सय ४६ जनामा संक्रमण फैलिएको छ । ती मध्ये ३५ हजार ८ सय ४ जना कोरोना मुक्त भएका छन् ।

गत सातासम्म विदेशका १४ देशमा संख्या रहेका १ सय ४३ नेपालीले कोरोना संक्रमण कै कारणले ज्यान गुमाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.