विजय लघुवित्तका सीईओ बसन्तराज लम्सालको कार्यकाल थपियो

  २०७७ असार २८ गते ८:००     विकासन्युज

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बसन्तराज लम्सालको कार्यकाल थपिएको छ । असार २७ गते बसेकाे संस्थाको सञ्चालक समितिको बैठकले लम्सालको कार्यकाल आगामी चार वर्षसम्मलाई थप्ने निर्णय गरेको हो ।

सीईओ लम्सालको पदावधी यही असार मसान्तबाट सकिने भएकाले लघुवित्तले साउन १ गतेदेखि लागू हुने अर्काे कार्यकाल थपेको संस्थाका डेपुटी सीईओ तथा कम्पनी सचिव नारायण सापकोटाले जानकारी दिएका हुन् ।

कार्यकाल थप पश्चात लम्सालले २०८१ साल असार मसान्तसम्म प्रमुख कार्यकारी अधिकृतका रुपमा यस विजय लघुवित्तको नेतृत्व सम्हाल्नेछन् ।

साथै, हाल उनी नेपाल लघुवित्त बैंकर्स संघमा अध्यक्ष समेत रहेका छन् ।

यसअघि उनी सोही वित्तीय संस्थामा प्रबन्ध निर्देशकको रुपमा कार्यरत थिए । त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रमा र बेलायतबाट डेभलपमेन्ट स्टडीज्मा मास्टर डिग्री हासिल गरेका लम्सालले करिव २० वर्ष विभिन्न एनजीओ आइएनजीमा काम गरेका छन् । सेफर वल्डको कन्ट्री डाईरेक्ट भएर काम गरिसकेका लम्सालसँग यूएन लगायत अन्य अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुमा रहेर पूर्वी यूरोप, अफगानिस्तानसहित विभिन्न देशमा सामाजिक विकासका क्षेत्रमा काम गरेको अनुभव छ ।

नवलपरासीको गैडाकोटमा केन्द्रीय कार्यालय रहेको यो संस्था ७ वर्षअघि सञ्चालनमा आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.