बाह्रबिसे जम्बुमा बाढी पिडितलाई राहत वितरण गर्दै मुकुन्द

  २०७७ असार २७ गते १७:२२     विकासन्युज

काठमाडौं । शुकबारमात्रै बाढी प्रभावित क्षेत्र सिन्धुपाल्चोकको बाह्रबिसे जम्बु बजार पुगेर बाढी पिडितहरुलाई मुकुन्द घिमिरेले सहयोग गरेका छन् । स्वदेश तथा विदेशमा रहेका समाजसेवी मनहरुले सिन्धुपाल्चोकको बाह्रबिसेका बाढी पिडितलाई आर्थिक सहयोग रकम पठाएका र त्यो सहयोग हस्तान्तरणमा मुकुन्देले सहयोग गरेका हुन् ।

हेम माया फाउण्डेसनका संस्थापक हेम र माया थापा, इजराएलमा बस्दै आएका समाजसेवी पवित्रा गौतम, झकिन्द्र खतिवडा र साउदी अरबबाट लाललप्रसाद फुयालले पठाएको ७५ हजार रुपैयाँ सहयोग गरिएको हो ।

पिडितलाई केही राहत पुगोस भन्ने उदेश्यले साामाजिक अभियान्ता मुकुन्देको संयोजनमा बाढी प्रभावित क्षेत्र बाह्रबिसेको जम्बुमा आर्थिक रकम हस्तान्तरण गरिएको हो । सो कामका लागि नेपाल शाकाहारी पार्टीका संयोजक राधे खड्काले सहयोगी भुमिका निर्वाह गरेका थिए ।

बुधबार राति भोटेकोसीमा बाढी आएसँगै सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका५ गाती जम्बुमा एल्मो ठाडो खोला बस्ती पस्दा १५ घर बगाएको थियो ।

बाढीले बस्तीका १५ भन्दा बढि ब्यक्तिहरु बेपत्ता बनाएकोमा दुई जनाको शव फेला परेको छ,भने अन्यकाे खोजि कार्य जारी छ । बाढीले बस्ती तथा खाद्यान्न बगाउँनुका साथै मानिस बेपत्ता पारेपछि स्थानिय यतिबेला शोकमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.