थप ७० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार ७ सय १९

  २०७७ असार २७ गते १६:२५     विकासन्युज

काठमाडौं । शनिबार थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टा यता स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले गरेकाे  ३ हजार ६ सय ४८ नमुना परीक्षण ७० जनामा कोरोना संक्रमण देखिएको  मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।  साथै ४ सय ३१ जना निको भएर डिस्चार्ज भएका छन्, भने हालसम्म डिस्चार्ज हुनेको संख्या ८ हजार ४ सय ४२ पुगेको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या संक्रमितको संख्या १६ हजार ७ सय १९ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या ३६ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.