रक्तदान अहिलेको आवश्यकता : लायन्स क्लबद्वारा रक्तदान कार्यक्रम आयोजना

  २०७७ असार २७ गते ११:४१     विकासन्युज

काठमाडौं । लायन्स क्लबले काठमाडौंको न्यू रोडस्थित ताम्राकार कम्प्लेक्समा बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको थियो । शुक्रबार बिहान १० बजेबाट सुरु भएको उक्त कार्यक्रम दिउँसो ४ बजेसम्म सम्पन्न भएको हो । उत्साहजनक सहभागिता रहेको सो कार्यक्रममा कुल ५१ पिन्ट रगत संकलन भएको थियो जसमा ४० पुरुष र ११ महिलाले रक्तदान गरेका थिए ।

देश कोरोना भाइरसको महामारीसँग जुझिरहेको बेला थप एक संकट आइपरेको छः रगतको अभाव । कोरानाकै त्रासको कारण अस्पतालहरुमा रगतको अभाव हुन थालेको छ । कोरोना भाइरसको सुरक्षाको निम्ति सरकारले सुरु गरेको लकडाउन पश्चात् सम्पूर्ण रक्तदान कार्यक्रमहरु स्थगित छन् । रक्तदान गर्न इच्छुक व्यक्तिहरु पनि यस भाइरसको जोखिमले त्रसितछन् ।

यसैबीच रगतको अभावको समाधान खोज्ने दृष्टिकोणले लायन्स क्लबले संक्रमणको जोखिमलाई विशेष ध्यानदिई सुरक्षित तरिकाले यस रक्तदान कार्यक्रम आयोजना गरेको हो । लायन्स क्लबले यस रक्तदान कार्यक्रमको आयोजनाबाटै मानिसहरुमा रहेको रक्तदानप्रतिको गलत विचार तथाभ्रम हटाई नयाँ रक्तदाताहरुलाई प्रोत्साहित गर्न प्रयास गरेको देखिन्छ । मानिसहरूमा अझ पनि रक्तदानबारे जोडिएका अन्धविश्वास छन् जसका कारण उनीहरू खुलेरै रक्तदान गर्न हिच्किचाउँछन् ।

एक सर्वेक्षण अनुसार शाकाहारी मानिसले रक्तदान गर्नु हुँदैन भन्ने भ्रम पाइएको छ । ट्याटु र अंग छेड्नेहरुले रक्तदान गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्नपनि रहेको पाइन्छ ?त्यसैगरी रक्तदान गरेपछि शरीरको रगत सकिन्छ आदिलगायतका गलत विश्वास पनि मानिसहरुमा रहेको पाइन्छ ।

वास्तवमायी सबै निराधार हुन् । मानिसले बुझ्नु पर्ने कुरा के भने यदितपाईँ पूर्ण रुपमा स्वस्थ हुनुहुन्छ, शरीरको तौल कम्तिमा ४५ किलो वामाथी छ र तपाईँको उमेर १८ वर्ष नाघिसकेको छ साथै एचआई भि जस्ता जटिल रोगहरुको इतिहास छैन भने तपाईँ निर्धक्कभएर रक्तदान गर्न सक्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.