माउन्टेन इनर्जी नेपालले आईपीओ जारी गर्न पायो बोर्डको अनुमति

  २०७७ असार २६ गते १८:१३     विकासन्युज

काठमाडौं । माउन्टेन इनर्जी नेपालले ३९ करोड ३६ लाख ५ हजार ४ सय रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) जारी गर्न अनुमति पाएको छ । हाइड्रोले स्थानीय र सर्वसाधारणलाई अंकित मूल्य एक सय रुपैयाँको दरले कूल ३९ लाख ३६ हजार ५४ कित्ता सेयर निष्काशन गर्न नेपाल धिताेपत्र बोर्डको अनुमति पाएको हो ।

जसमध्ये स्थानीयलाई १९ लाख ६८ हजार २७ कित्ता र सर्वसाधारणलाई १९ लाख ६८ हजार २७ कित्ता सेयर जारी गर्ने छ ।
कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ मार्फत सो मात्राको आईपीओ जारी गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.