प्रत्येक प्रदेशमा सशुल्क पिसिआर परीक्षण हुने

  २०७७ असार २६ गते १८:२३     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकाका अस्पतालमा मात्र हुँदै आएको सशुल्क पिसिआर परीक्षण अब प्रत्येक प्रदेशमा पनि हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे प्रवक्ता जागेश्वर गौतमले अब प्रत्येक प्रदेशमा पनि हुने भएको जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको असार २४ गते बैठकले   प्रत्येक प्रदेशमा कम्तीमा एक प्रयोगशालामा सशुल्क पिसिआर परीक्षणका स्वीकृति दिने निर्णय गरेकाे गाैतमले बताए ।

यसअघि काठमाडौं उपत्यकाको वीर, पाटन र त्रिवि शिक्षण अस्पतालमा मात्रै सशुल्क परीक्षण हुँदै आएको थियो।

प्रदेश १ मा कोशी अस्पताल र प्रदेश २ मा नारायणी अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, प्रदेश ५ मा लुम्बिनी अस्पताल बुटवल, कर्णालीमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेत र सुदूरपश्चिमा प्रादेशिक प्रयोगशाला धनगढीले   सशुल्क परीक्षणका लागि स्वीकृति पाएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

कुनै ट्राभल हिस्ट्री नभएको, जोखिममा नपर्ने तर आफुलाई शंका लागेका व्यक्तिले यी अस्पतालहरुमा ५ हजार ५ सय रुपैयाँ तिरेर पिसिआर परीक्षण गर्न पाउँनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.