सिभिल लघुवित्तको १० प्रतिशत लाभांश पारित, सञ्चालकमा अधिकारी निर्वाचित

  २०७७ असार २६ गते १७:१८     विकासन्युज

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले प्रस्तावित १० प्रतिशत लाभांश पारित गरेको छ । असार २६ गते(आज) सम्पन्न संस्थाको आठौं वार्षिक साधारण सभाले ५ प्रतिशत नगद र ५ प्रतिशत बोनस गरी सो मात्राको लाभांश दिने सञ्चालक सिमितिकाे प्रस्तावलाई पारित गरेको हो ।

यससँगै संस्थाले सेयरधनीलाई २०७६ असार मसान्तमा कायम रहेको चुक्ता पुँजीको सो मात्राको लाभांश दिने भएको छ ।

साथै, सभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट संस्थाको सञ्चालकमा कृष्णप्रसाद अधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ ।

सिभिल बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको यस वित्तीय संस्थाले हालसम्म ४८ ओटा शाखाहरु मार्फत २७ ओटा जिल्लाहरुमा ३३ हजार भन्दा बढि सदस्यहरुलाई लघुवित्तीय सेवा प्रदान गरेकाे छ । त्यस्तै, करिब १ अर्ब २८ करोड रूपैयाँ लगानी गरेको यस संस्थाले निकट भविष्यमा थप स्थानहरुमा समेत आफ्ना सेवाहरु विस्तार गर्ने लक्ष्य लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.