पारित भयो झाँक्री उपसमितिको प्रतिवेदन, बैंकलाई ब्रोकर लाइसेन्स दिने जिम्मेवारी नियामकलाई नै

  २०७७ असार २६ गते १६:११     विकासन्युज

काठमाडौं । पूँजी बजार तथा मुद्रा बजारबारे अध्ययन गर्न अर्थसमितिले गठन गरेको उपसमितिको अध्ययन प्रतिवेदन अर्थ समितिले पारित गरेको छ । संसदको अर्थ समितिले सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा गठित अध्ययन समितिले पेश गरेको प्रतिवेदनमा केहि कुराहरु संशोधन गरी पारित गरेको हो ।

यससँगै, बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने जिम्मेवारी नियामक नेपाल धितोपत्र बोर्डलाई नै दिईएको छ ।

उक्त प्रतिवेदनमा ‘बैंक तथा वित्तीय संस्थाबाट तोकिएको सीमाभन्दा बढी ऋण लिइ सञ्चालन हुने कम्पनीहरुलाई पब्लिक लिमिटेडमा अनिवार्य रुपमा जान कानूनी व्यवस्था गर्ने, हाललाई सो सीमा ५० करोड भन्दा बढी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने कम्पनीहरुमा लागू गर्ने’ भनिएको थियो । तर, समितिले ५० करोडको सीमा बढाएर एक अर्ब रुपैयाँ बढी ऋण लिएका कम्पनीहरुमा लागू गर्ने गरी पारित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.