बिदाका दिन पनि बैंक तथा वित्तीय संस्था खोल्न राष्ट्र बैंकको निर्देशन

  २०७७ असार २६ गते १५:३६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार मसान्तसम्म बिदाका दिन पनि बैंक तथा वित्तीय संस्थाहरु खुला गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले राजस्व संकलनका लागि ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका शाखाहरु असार २७ गते(शनिबार) र सो पछिका जुनसुकै सार्वजनिक बिदामा पनि पूर्णरुपमा खोल्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले बिहीबार एक सूचना जारी गर्दै उक्त निर्देशन दिएको हो ।

‘बैंक तथा वित्तीय संस्थाहरुका सम्पूर्ण राजश्व संकलन गर्ने शाखा तथा काउन्टर एवम् बैंकका क्लियरिङ सम्बन्धी काम गर्ने काउन्टरहरु लगायत नेपाल क्लियरिङ हाउस लिमिटेड पूर्णकालिन रुपमा खुला गर्ने व्यवस्था मिलाउनु’- बैंकले जारी गरेको सूचनामा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.