बाउन्स चेक काटेका चित्रकारलाई साढे ६ लाख र सुवाललाई १० लाख जरिवाना

  २०७७ असार २६ गते १५:१६     विकासन्युज

काठमाडौं । पाटन उच्च अदालतले बाउन्स चेक काट्ने सुनिता चित्रकार र मनोजलाल सिंह सुवाललाई बैंकिङ कसुर अन्तर्गत जरिवाना सुनाएको छ ।

अदालतले चित्रकारलाई तीन दिन कैद र ६ लाख ५० हजार रुपैयाँ जरिवाना सुनाएको छ । काठमाडौं ताम्सिपाखाकी ४८ वर्षे उनलाई असार २५ गते स्वयम्भूबाट पक्राउ गरिएको हो ।

त्यस्तै, सुवाललाई ७ दिन कैद र १० लाख रुपैयाँ जरिवाना सुनाएको हो । कलंकीका ४९ वर्षे सुवाललाई अदालतको टोलीले असार २६ गते रविभवनबाट पक्राउ गरिएको हो ।

उनीहरुले आफ्नो खातामा प्रयाप्त रकम नभएको भन्ने जानी जानी जाहेरवालाहरलाई झुक्याउन विभिन्न बैंकहरुको चेक काटेर दिएपछि उनीहरु विरुद्ध बैंकिङ् कसुर मुद्दा दायर भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.