‘डिलर दाईको डिस्काउन्ट’ अफरलाई निरन्तरता दिँदै डिशहोम, रिचार्ज गर्नेलाई पनि लक्की ड्रमा राखिने

  २०७७ असार २६ गते १३:५२     विकासन्युज

काठमाडौं । डिशहोमले संचालन गरेकोे डिलर दाईको डिस्काउन्ट अफरलाई निरन्तरता दिने भएको छ । २०७६ फागुन २ गतेदेखि सुरु भएको डिलर दाईको डिस्काउन्ट अफर ४४ हप्ताको लागि संचालन हुने भनिएको भए पनि ग्राहकहरुको अत्याधिक मागका कारण यो अफर जारि रहने भएको हो ।

डिशहोमको देशभर रहेको बिक्रेता वा नजिकैको डिलर मार्फत फन्ड ट्रान्सफर वाट बार्षिक रिचार्ज गर्दा विक्ली लक्की ड्रमा सहभागी हुन पाईनेछ । हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेस च्यायनेल नं १००, शोकेस २ च्यानेल नं १०१ र रमाईलो टिभीमा लाइभ लक्की ड्र मार्फत २ जना भाग्यशाली विजेता छनौट हुनेछन् ।

यो योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रति व्यक्ति एक लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् । फन्डट्रान्सफर बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ । ग्राहकहरुको मागलाई ध्यानमा राख्दै अब अनलाइन मार्फत ५ हजार वा सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो विक्ली लक्की ड्रमा सहभागी गराईने कम्पनीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.