कोरोना संक्रमणबाट सुरक्षित भएर काम गर्न ग्रील उद्योगमा शुरु भयाे सचेतना कार्यक्रम

  २०७७ असार २५ गते १९:५४     विकासन्युज

काठमाडौं । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपाल सरकार र स्विस सरकार कमअको सहकार्यमा ग्रील उद्योगमा कोरोना संक्रमणबाट सुरक्षित भएर काम गर्न सचेतना कार्यक्रम शुरु भएको छ । इन्स्योर परियोजना र ग्रील तथा स्टील ब्यवसायी महासंघ मिलेर पहिलो चरणमा काठमाडौं उपत्यकामा थप २ सहित ५ वटा रुपन्देही जिल्लामा १ र सुनसरी जिल्लामा १ गरि ७ वटा ग्रील उद्योगलाई सो सम्बन्धि जानकारी दिइसकेको छ ।

सुरक्षित र ब्यवस्थित कार्यस्थल सहितको नमुना ग्रील उद्योगको रुपमा स्तरोन्नति गर्ने योजना अनुसार कोभिड १९ बाट सुरक्षित कार्यस्थलको तयारी र सञ्चालनको न्युनतम मापदण्ड सहित आवश्यक प्रविधि पेडल हेण्डवास , पेडल सेनिटाइजर स्टाण्ड हेलमेट पन्जा थर्मलगन लगायतका सुरक्षाका उपकरणहरुको प्रयोग गर्ने विधि र आगामी दिनहरुमा उद्योगी कामदार र उपभोक्ताले अपनाउनु पर्ने अनुशासनको बारेमा जानकारी गराइएको छ ।

काठमाडौंको पेप्सिकोला खहरे चोकमा सञ्चालित सुगम इन्जिनियरिङ एण्ड सर्भिसेज प्रा. लि.लाई नमुना उद्योगको रुपमा स्तरोन्नति गर्ने क्रममा ग्रील तथा स्टील व्यवसायी नेपालका अध्यक्ष मोहन कटुवालले जानकारी गराएका थिए । अध्यक्ष कटुवालले ग्रील उद्योगीहरुलाई आफ्नो उद्योग व्यवस्थीत र सुरक्षित बनाएर हाल कार्यरत श्रमिकहरुलाई र बिदेशबाट रोजगारी गुमाएर स्वदेश फर्किएका युवहरुलाई नेपालको ग्रील तथा स्टील उद्योगमा काम गर्न सुरक्षित भएको अनुभूत दिलाउँदै श्रमिक अभाव कम गरि थप रोजगारी सृजना गर्न मद्धत पुग्ने विश्वास व्यक्त गरे ।

उक्त काठमाडौ जिल्लाका प्रथम उपाध्यक्ष अनिल कुमार श्रेष्ठले सामान्य सुरक्षाका उपकरण प्रयोग नगरी काम गर्दा अकालमा ज्यान जाने अङभङ हुने घटनाहरु दिनप्रतिदिन बढ्दै गएको हुँदा उद्योग र श्रमिकहरुले सचेत भएर सुरक्षित किसिमले काम गर्नु पर्नेमा जोड दिएका छन् ।

त्यस्तै, काठमाडौं पूर्वी क्षेत्रीय समितिका अध्यक्ष रोहित श्रेष्ठले यस किसिमको सचेतना कार्यक्रमले उद्योगी र श्रमिकले आफुलाई सुरक्षित भएको महसुस भै उत्पादकत्व क्षमतामा वृद्धि आउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.