यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका महत्वपूर्ण निर्णयहरु (सूचीसहित)

  २०७७ असार २५ गते १८:२३     विकासन्युज

काठमाडौं । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले महत्वपूर्ण निर्णयहरु गरेको छ । बैठकले लकडाउनका कारण चैत ११ गतेबाट बन्द रहेका सार्वजनिक सवारी सञ्चालदेखि अन्तर्राष्ट्रिय साहयता स्वीकृत गर्नेसम्मका निर्णयहरु गरेको छ ।

यस्ता छन् सरकारका निर्णय
सार्वजनिक यातायात चलाउन पाइनेः

सरकारका प्रवक्ता तथा अर्थ र सुचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न निर्णयहरु बिहिबार सार्वजनिक गर्दै सार्वजनिक यातायात चलाउने निर्णय भएको बताएका हुन् । तर, सार्वजनिक यातायातले अब भाडादरमा ५० प्रतिशत बढी लिन पाउने छन् ।

ट्याक्सी पनि चल्नेः

यस्तै, अब ट्याक्सी सेवा पनि सञ्चालनमा आउने भएका छन् । यसअघि चालक बाहेक २ जना मात्रै बस्न पाइने गरी नियम बनाइएकोमा अब २ जना बाहेक एकैपरिवारका ५ वर्षमुनिका अरु सदस्यहरु समेत ट्याक्सीमा सवार हुन पाउने छन्ु । भाडादर भने पुरानै कायम छ ।

५४ अर्ब ऋण सहायता स्वीकारः

मन्त्रिपरिषद्ले रणनीतिक सडक र व्यापारिक मार्ग विस्तारका लागि दिने ४ सय ५० मिलियन अमेरिकी डलर करिब ५४ अर्ब ऋण सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ । सहरी क्षेत्रको शासकिय सुधार र पूर्वाधार आयोजनाको दिगो विकासका लागि विश्व बैंकले दिने १८ अर्ब सहुलियत पूर्ण ऋण सहयोग पनि स्वीकार गर्ने निर्णय भएको छ ।

५ अर्ब ९८ करोड सहायता पनि स्वीकारः

यस्तै, नागरिक उड्डयन क्षेत्रको विकासका लागि एसियाली विकास बैंकले दिने ५ अर्ब ९८ करोड नेपाली सहायता स्वीकार गर्ने निर्णय पनि सरकारले गरेको छ ।

कृषि अनुसन्धान परिषद कार्यकारी निर्देशक नियुक्त गर्न समिति गठनः

कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशक नियुक्तीका लागि सिफारिस गर्नका लागि ३ सदस्यीय समिति गठन गरिएको छ । जसमा मन्त्रालयका सचिव राजेन्द्र भारी, कृषि वैज्ञानिक श्रीराम न्यौपाने र सर्वराज खड्का समितिमा छन् । त्यसैगरी नेपाल प्रहरीको महानिरिक्षक पदमा शैलेश क्षेत्रलाई बढुवा नियुक्ती गर्ने निर्णय भएको छ ।

प्रशासनिक भवन बनाउन जग्गा दिनेः

यसका साथै खतिवडाले स्याङजा जिल्ला फेदीखोला गाउँपालिकालाई प्रशासनिक भवन बनाउन जग्गा दिने निर्णय भएको पनि बताएका छन् ।

नेपाल रेडक्रसलाई ७ दिनभित्र सफाई पेशको मौकाः

यस्तै मन्त्रिपरिषद् बैठकले  नेपाल रेडक्रस सोसाइटीको काम कारबाही सम्बन्धमा समाज कल्याण परिषद्‍बाट भएको छानविनको सिफारिसका आधारमा नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमितिलाई  समाज कल्याण ऐन, २०४९ को दफा २० वमोजिम  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मार्फत ७ दिनको म्याद दिई सो सोसाइटीको केन्द्रीय कार्यसमितिलाई सफाई पेश गर्न मौका दिने निर्णय पनि गरेकाे छ ।

काठमाडौं–तराई दु्रतमार्ग सञ्चालन कार्यविधि स्वीकृतः

काठमाडौं–तराई दु्रतमार्ग सञ्चालन कार्यविधि २०७७ स्वीकृत गर्ने निर्णय भएको छ । त्यसमा नेपाली सेनाको तर्फबाट खटिने व्यक्तिको सन्दर्भमा एउटा व्यक्ति नभइ अर्कोले गर्ने सक्ने गरी लिचिलो बनाइएको निर्णय गरिएको छ ।

आइजीपीमा शैलेश थापालाई नियुक्त गर्ने: 

नेपाल प्रहरीको प्रहरी महानिरीक्षक पदमा अतिरिक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बढुवा नियुक्ति गर्ने निर्णय गरेकाे थियाे ।

साना व्यवसायी स्वरोजगार कोष नियमावली स्वीकृतः

त्यसैगरी बैठकले युवा तथा साना व्यवसायी स्वरोजगार कोष नियमावली २०७७ लाई स्वीकृत गर्ने निर्णय भएको छ । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय भएको छ ।

जलविद्युत आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृती:

राहुघाट मंगले जलविद्युत आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने पनि निर्णय गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.