एसबिआई बैंकका ग्राहकले ओम हस्पिटल एण्ड रिसर्चमा १० प्रतिशत छुट पाउने

  २०७७ असार २५ गते १६:५७     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकका ग्राहकले चाबहिलका ओम अस्पिटल एण्ड रिसर्च सेन्टरमा १० प्रतिशत छुट पाउने भएका छन् । बैंकका भिसा डेबिट कार्ड बाहक ग्राहकले उक्त छुट पाउने भएका हुन् ।

सो सम्बन्धी दुई संस्थाबीच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले परिचयपत्र सहित कार्ड प्रयोग गर्दा हस्पिटलबाट लिने निश्चित सुविधामा सो छुट पाउने छन् ।

उक्त सम्झौतामा बैंकका प्रमुख व्यवसाय विस्तार अधिकृत छपि राज पन्त तथा ओम हस्पिटल एण्ड रिसर्चका प्रबन्ध निर्देशकले हस्ताक्षर गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.